झापा, बैशाख १६ । इलाममा चिया टिपिरहेको ठाउँमा चट्याङ पर्दा चारजना घाइते भएका छन् ।

आज दिउँसो ४.२० बजे इलाम नगरपालिका –१ छिवेणी गाउँ बस्ने स्थानीयहरुले चिया टिपिरहेका बेला चट्याङ परेको थियो । चट्याङले लागेर इलाम नगरपालिका –१ बस्ने ३७ वर्षीया कमला राई (जिल्ला अस्पताल इलाममा उपचार भइरहेको , अवस्था सामान्य), सोही ठाउँ बस्ने ३१ वर्षीया रमिला राई (जिल्ला अस्पताल इलाममा उपचार भइरहेको , अवस्था सामान्य) , ३७ वर्षीय बिरबहादुर राई (जिल्ला अस्पताल इलाममा उपचार भइरहेको , अवस्था सामान्य) र ३२ वर्षीय सनिकुमार राई (जिल्ला अस्पताल इलाममा उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड रेफर गरिएको) घाइते भएका छन् ।