झापा ,बैशाख १७ । झापाको अर्जुनधारामा अटो र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुईजना घाइते भएका छन् ।

आज बिहान अन्दाजी १०बजे अर्जुनधारा वडा नं. ९ स्थित प्रगति स्कुल अगाडि भित्री पक्की सडकखण्डमा शनिश्चरेबाट जयपुरतर्फ जाँदै गरेको मे १ ह ६५२७ नं. को अटो र विपरित दिशाबाट आउँदै गरेकोप्र.१–०१–०१४ प १५२७ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर १२ बस्ने २५ वर्षीय निर्मल खतिवडा र अटो चालक अर्जुनधारा ९ बस्ने ४६ वर्षीय जयबहादुर खत्री घाइते भएका छन् । दुबै घाइतेलाई उपचारको लागि शंकर अस्पताल शनिश्चरे पठाइएको र दुबै सवारी साधन प्रहरी चौकी शनिश्चरेको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।