झापा, बैशाख १९ । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ मेची इकाई बिर्तामोडले १३६ औ श्रमिक दिवस तथा १८औ इकाई स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

संघको कार्यालयमा केन्द्रीय उपाध्यक्ष डुपेन्द्र रिजाल, केन्द्रीय सचिव भुपाल निरौला, केन्द्रीय सदस्य विनोद राजवंशी र मेची इकाईका संस्थापक अध्यक्ष पंच लिम्बूलाई सम्मान गरी केक काटिएको थियो ।
त्यस्तै बिर्तामोड नगरमा मोटरसाइकल र्याली गर्दै बिर्तामोड ५ स्थित आफ्नो घर आश्रम नेपालमा खाद्यान्न सामग्री बितरण गरिएको थियो ।
मेची इकाईका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हेमन्त निरौलाले स्वागत मन्तव्य राखेका थिए । उपाध्यक्ष अबिरमान लिम्बूले संयाजन गरेको कार्यक्रमको संचालन सचिव मौसम घिमिरेले गरेका थिए