झापा, बैशाख १९ । उदयपुरमा लडेर एकजनाको मृत्यु भएको छ ।

उदयपुर रौतामाई गाउँपालिका ८ पाबु बस्ने ५६ वर्षीय डिकबहादुर मगरको घरनजिकै लडेर मृत्यु भएको हो । बैशाख १५ गते दिउँसो ३ बजे घरनजिकै लडेर दाहिने आँखामाथि ,टाउको र कम्मरमा चोट लागेका मगरलाई उपचारका लागि धरान लगिएको थियो । त्यही उपचारका क्रममा गएराति ११.२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।