झापा, बैशाख २० ।  झापा शिवसताक्षी नगरपालिकाको एक फर्निचरमा आगलागी भएको छ ।

आज बिहान अन्दाजी २ः४० बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ५ आमबारी बस्ने घुरन साहको काठ फर्निचरमा अचानक आगलागी भएको हो ।

आगलागीबाट फर्निचरभित्र रहेको औजार, सखुवाको काठ र फनिचरको तयारी सामानहरु जलेर नष्ट हुँदा अन्दाजी १० लाख बराबरको क्षति भएको छ ।

उक्त आगो स्थानीयबासी, इलाका प्रहरी कार्यालय शिवगञ्जको प्रहरी टोली र शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका र दमक नगरपालिकाको दमकलको सहयोगमा बिहान ३ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्