झापा , बैशाख २० । बिर्तामोड र काँकडभिट्टामा गरी लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।
 

हिजो दिउँसो २ बजे बिर्तामोड ४ पुरानो भद्रपुर लाइनस्थित वर्ल्डलिंकको कार्यालय अगाडि बिर्तामोड ५ बस्ने २० वर्षीय सुमित मगरको साथबाट प्लाष्टिकसहित २ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

सोही प्रहरी टोलीले बिर्तामोड ५ देउराली होटल एण्ड लजबाट इलाम सूर्योदय २ बस्ने २१ वर्षीया सन्ध्या विश्वकर्माको साथबाट प्लाष्टिकसहित ४३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । दुवैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

त्यस्तै हिजो साँझ ५ः१५ बजे मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टास्थित साठी बिगाह बस्ने राधिका प्रधानको घरमा डेरा गरी बस्ने चारजना लागूऔषधसहित पक्राउ परेका छन् ।

प्रहरी टोली खटिएर राधिका प्रधानको घरको तलामुनि रहेको दक्षिणपूर्व कोठामा प्लाष्टिकसहित १ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका–६ शान्तिगाउँ वस्ने २९ वर्षीय दिपक मल्लिक , मेचीनगर नगरपालिका–६ मेचीडाँडा वस्ने २५ वर्षीय सरोज दाहाल , सोही ठाउँका २६ वर्षीय सौगात पोखरेल र मेचीनगर नगरपालिका –७ सत्तिघट्टा बस्ने २१ वर्षीय गुडु भन्ने बिजय भुजेल रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्