झापा, बैशाख २२ । धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस आज बिहान सवा १० बजे धनकुटा–६ स्थित गोठगाउँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।


को १ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । धनकुटा बजारबाट करिब ३ किलोमिटर नजिक सडकबाट करिब ५० मिटर तल खसेर बस दुर्घटना भएको जनाइएको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
मृत्यु हुनेमा धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेल रहेको प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनको धनकुटा जिल्ला अस्पतालमा उपचारका क्रममा बिहान ११ः ४५ बजे मृत्यु भएको हो ।
घाइतेहरुको जिल्ला अस्पताल तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

घाइते हुनेहरुमा
१.बस चालक– सुनसरी धरान १३ बस्ने वर्ष ५१ का रुद्र तामाङको टाउकोमा चोट अवस्था मध्यम रहेको, जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेकोमा सामान्य उपचारपश्चात् थप उपचारको लागि विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान घोपातर्फ पठाइएको ।
२.ऐ. ऐ.बस्ने मानबहादुर तामाङका छोरा वर्ष ११ का अनमोल तामाङको टाउकोमा चोट,अवस्था मध्यम रहेको,जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको ।
३.जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४८ का कृष्ण राउतको देव्रे हात भाँच्चिएको,अवस्था मध्यम रहेको, जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको ।
४.जिल्ला भोजपुर षडानन्द नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष अन्दाजी २० का सुर्यमणी तामाङको टाउकोमा चोट,अवस्था सामान्य रहेको,जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको ।
५.जिल्ला भोजपुर पौवादुम्मा गापा वडा नम्बर ३ च्याङ्रे बस्ने वर्ष ८० का गंगाप्रसाद सापकोटा टाउकोमा चोट,अवस्था मध्यम रहेको,जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेकोमा, सामान्य उपचारपश्चात् थप उपचारको लाग विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान घोपातर्फ पठाइएको ।
६.जिल्ला भोजपुर भोजपुर नपा ११ बस्ने वर्ष २४ की सविना बराईलीको दाहिने हात भाँच्चिएको,अवस्था मध्यम रहेको, जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको ।
७.जिल्ला भोजपुर भोजपुर नपा ११ बस्ने वर्ष ६० की देवी विक,टाउकोमा चोट अवस्था गम्भीर रहेको,तत्काल जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको ।
८.जिल्ला धनकुटा साँगुरीगढी गापा ६ बस्ने वर्ष ६० का हंशवहादुर राईको टाउकोमा चोट अवस्था,गम्भीर रहेको , तत्काल जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेकोमा, सामान्य उपचारपश्चात् विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान घोपातर्फ पठाइएको ।
९.जिल्ला भोजपुर षडानन्द नपा ११ बस्ने वर्ष ५१ की पूर्णमाया तामाङको बाहिरी चोट नदेखिएको अवस्था मध्यम रहेको , तत्काल जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको ।
१०.जिल्ला सुनसरी इटहरी उपमनपा ४ बस्ने वर्ष १७ का आयुष राईको बाँया हात र ढाडमा चोट,अवस्था सामान्य रहेको ,तत्काल जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको ।
११.जिल्ला धनकुटा धनकुटा नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ३४ का धनकुमार विकको टाउकोमा चोट अवस्था मध्यम रहेको , तत्काल जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको ।
१२.जिल्ला भोजपुर भोजपुर नपा ११ बस्ने वर्ष ५८ का लिलाबहादुर श्रेष्ठको टाउकोमा चोट अवस्था गम्भीर रहेको , तत्काल जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेकोमा सामान्य उपचारपश्चात् विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान घोपातर्फ पठाइएको ।
१३. जिल्ला धनकुटा साँगुरीगढी गाउँपालिका वडा नम्बर ०६ बस्ने वर्ष ६० की दिर्घमाया राईको मुख र टाउकोमा चोट अवस्था मध्यम रहेको, जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको ।
बसमा १७ जना सवार रहेकोमा ३ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्