झापा, बैशाख २४ । काठमाडौपछि झापाको बिर्तामोडमा पनि साङ्केन क्रिएसन सञ्चालनमा आएको छ ।

किराती पहिचान झल्कने सम्पूर्ण भेषभूषा, गरगहना, बाजागाजा तथा खाद्यान्न सामग्री पाइने साङ्केन क्रिएसन सञ्चालनमा आएको हो ।
उक्त पसलको आज बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानले उद्घाटन गरेका छन् । काठमाडौंमा १० वर्ष अघिदेखि सञ्चालनमा रहेको किराती पहिचान झल्कने साङ्केन क्रिएसनले बिर्तामोडमा शाखा स्थापना गरेको सञ्चालक गौरीमान राईले जानकारी दिए ।
सञ्चालक राईका पिता शेरबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका संघका अध्यक्ष राजु न्यौपाने, किरात राई यायोख्या झापाका अध्यक्ष गणेश राईले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका उपाध्यक्ष जीवन खड्का, किरात याक्थुङ चुम्लुङ झापाकी सचिव भीममाया कन्दङ्वा, धार्मिक अभियन्ता सरिता लिङ्देन, सञ्चालक राईकी माता पवित्रा राईलगायतको आतिथ्य रहेको थियो ।
क्रिएसनमा किरातीहरुको धर्म र संस्कृतिसँग सम्बन्धित सम्पूर्ण सामग्री उपलब्ध रहेको सञ्चालक राईले बताए । उनले क्रिएसनबाट होम डेलिभरी र अनलाइन अर्डरको सुबिधा पनि रहेको जानकारी दिए ।