झापा,बैशाख २५ । विद्यार्थी भर्ना अभियान र पठनपाठन सँगसँगै अघि बढेको छ ।

सरकारले वैशाख २ गतेदेखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको थियो । तर, सोही समयमा शिक्षकहरूले शैक्षिक हड्तालसँगै सडक आन्दोलन गरेपछि विद्यार्थी भर्ना अभियान प्रभावित बनेको थियो ।
आन्दोलनरत शिक्षकहरूसँग सरकारले वैशाख १७ गते ९ बुँदे सहमति गरेपछि आन्दोलनका कार्यक्रम स्थगित गरेर शिक्षकहरूले पठनपाठन र विद्यार्थी भर्ना अभियान सहभागी भएका थिए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक राम प्रसाद शर्माले पठनपाठन र विद्यार्थी भर्ना अभियान सँगसँगै अघि बढेको बताए ।नयाँ शैक्षिक सत्रमा पठनपाठनको कार्य अघि बढेपछि सरकारले पठनपाठन र विद्यार्थी भर्ना अभियान सँगसँगै अघि बढाएको हो ।

शिक्षकहरूसँगको सहमितपछि देशभर पठनपाठनसँगै भर्ना अभियान सञ्चालनमा छ । कतिपय पालिका तथा विद्यालयहरूले शिक्षकहरूको आन्दोलनकै क्रममा समेत भर्ना अभियान सञ्चालन गरेका थिए । स्थानीय जनप्रतिनिधि तथा अभिभावकहरूको सहयोगमा विद्यार्थी भर्ना अघि बढेको थियो । भर्ना अभियान सुरु हुन नसकेका विद्यालयहरूले अहिले पढाइ र भर्ना अभियान सँगसँगै अघि बढाएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्