झापा, बैशाख २६ । पाकिस्तानले भारतको जम्मु, पठानकोट र उधमपुरको सैन्य अड्डामा आक्रमण गरेको छ ।

गएराति पाकिस्तानले गरेको त्यस आक्रमणलाई विफल बनाइदिएको भारतले दावी गरेको छ । तर, पाकिस्तानका रक्षामन्त्री त्यसलाई अस्वीकार गरेका छन् ।

भारतीय रक्षा मन्त्रालयले सबै मिसाइललाई एयर डिफेन्स सिस्टमले सफलतापूर्वक रोकेर त्यसलाई विफल बनाइदिएको दावी गरेको हो । गएराति ११ बजेतिर उरी सेक्टरमा भारी गोलाबारी भएको थियो । सीमानजिक रहेका नागरिकलाई निशाना बनाइएको थियो ।

त्यस्तै जम्मु कश्मीरमा राति पूर्णरुपमा ब्लैकआउट गरिएको थियो । भारतको केही क्षेत्रमा स्कूल र कलेज बन्द गरिएको छ भने कर्मचारीलाई विदा दिइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्