बिर्तामोड , जेठ १७ । झापाको बिर्तामोडस्थित आदर्श सामुदायिक प्रहरी सेवाकेन्द्रको अध्यक्षमा गोपाल दाहाल निर्वाचित भएका छन्।

आज सम्पन्न साधारणसभा एवं अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गंगाप्रसाद मैनाली, सहसचिवमा चन्द्रप्रसाद गिरी र कोषाध्यक्षमा एलिजा सिटौला निर्वाचित भएका छन्।

समितिको सदस्य सचिवमा इलाका प्रहरी कार्यालय अनारमनीको प्रतिनिधि रहने प्रावधान रहेको छ।
यस्तै सदस्यहरूमा डिल्लीमाया आचार्य ,रेणुका आचार्य , गोविन्द धिमाल, हर्कजङ्ग लिम्बू , सोवित प्रसाई , जीवन सुवेदी मानबहादुर कार्की रहेको निर्वाचन समितिका संयोजक राजेन्द्र चौलागाईंले जानकारी दिएका छन्।

नवनिर्वाचित अध्यक्ष दाहाललाई निवर्तमान अध्यक्ष पदमप्रसाद प्रसाईले माइन्युट दिएर पद हस्तान्तरण गरेका थिए । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष खगेन्द्र इङनामको प्रमुख आतिथ्यमा भएको साधारणसभामा अर्जुनधारा नगरपालिकाका पूर्व प्रमुख हरिकुमार राना, प्रमुख सल्लाहकार हर्कलाल गिरी, चैतन्यप्रकाश मैनाली, राजेन्द्रकुमार थापा, पूर्व सांसद हरिचरण शिवाकोटी, बिर्तामोड नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रोहित प्रसाई ,प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्