झापा, जेठ १९ । झापाको बिर्तामोडमा स्वतन्त्र नागरिक समाज गठन भएको छ ।

बिर्तामोड –४, भद्रपुर रोडस्थित किराँत याक्थुङ चुम्लुङ बिर्तामोडको सभाहलमा आज भएको भेलाले स्वतन्त्र नागरिक समाज गठन गरेको हो ।मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समितिका झापा जिल्ला संयोजक हिमालयप्रकाश कन्दङवाको अध्यक्षता तथा किराँत चोत्लुङ गुरुमाङेना सेवा समितिका केन्द्रीय अध्यक्ष केहरसिंह योङयाको प्रमुख आतिथ्यतामा करिब ५० जनाको उपस्थितिमा कन्दङवाकै संयोजकत्वमा स्वतन्त्र नागरिक समाज गठन गरिएको हो ।
३६ सदस्यीय नगर समितिको उपाध्यक्षमा केशव भण्डारी , सचिव रुमिला राई , सहसचिव चेतनाथ निरौला र कोषाध्यक्षमा शसिता राई रहेका छन् ।

