झापा, जेठ २५ । झापाको कमल गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ ।


हिजो साँझ ७.५५ बजे कमल गाउँपालिका ३ सानो केर्खास्थित पूर्वपश्चिम लोकमार्गमा प्र.१–०२–००५२प. ७०२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएको थियो । उनी घर विदा पूरा गरी व्यारेकतर्फ आउँदै गर्दा दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङ कानेपोखरी गाउँपालिका ४ बस्ने हाल इलाम बीओपी समालबुङ पोष्टमा कार्यरत ४८ वर्षीय सशस्त्र प्रहरी नायव निरीक्षक(सई) पुरनलाल राजंवशी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा राति ९ बजे अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

मृतकको शव सोही अस्पतालमा रहेको छ । मोटरसाइकल प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्