झापा, जेठ २६ । झापाको मेचीनगरमा कारले सिटी रिक्सालाई ठक्कर दिँदा चारजना गंभीर घाइते भएका छन् ।

गएराति ११ः१५ बजे मेचीनगर नगरपालिका वडा न. ७ पालिया पुलस्थित पूर्वपश्चिम राजमार्गमा धुलाबारीबाट काँकरभिट्टातर्फ जाँदै गरेको डब्लुबी ७४ एएक्स ७८२८ नं.को भारतीय कारले बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं.१–०१–००१ ह.८०९१ नं.को सिटीलाई ठक्कर दिएको हो । सिटीलाई ठक्कर दिएसंगै सो कार पालिया पुलको दक्षिण साईडको रेलिङ समेतमा ठोक्किएको थियो ।

दुर्घटनामा कार चालक मेचीनगर ६ बस्ने २८ वर्षीय राजु राजवंशी ,सिटी चालक मेचीनगर ७ बस्ने ३५ वर्षीय बिरेन्द्र सरदार,सिटीमा सवार सोही ठाउँ बस्ने ३१ वर्षीय सुशिल राजवंशी र ३० वर्षीय बिगेन राजवंशी घाइते भएका छन् । चारैजनाको अबस्था गंभीर रहेको छ ।

घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । कार र सिटी घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्