झापा, जेठ २९ । झापा कचनकवल गाउँपालिका वडा न.– ६ बस्ने अन्दाजी ४५ वर्षीय मोहन खड्का मेचीनगरमा मृत भेटिएका छन् ।

हिजो दिउँसो अन्दाजी २ बजे मेचीनगर नगरपालिका वडा नं. १२ सब्जीमन्डीमा उनी मृत फेला परेका हुन् । बेवारिसे अबस्थामा फेला परेका खड्काका बारेमा सोधपुछ गरिएपछि काकाका छोरा धनराज खड्काले घट्नास्थलमा आएर सनाखत गरेका छन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले आवश्यक कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।