झापा,जेठ ५ । नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक बर्षको बजेट किताब प्रतिनिधिसभा बैठकमा च्यातेका छन् ।


सरकारले ल्याएको बजेटले जनताको भावनालाई समेट्न नसेकेको र एकाधिकार कायम गर्न खोजेको भन्दै सांसद थापाले सदनमा बजेटको रातो किताव च्यातेका हुन् ।
जनताबाट उठेको राजस्वबाट बनेको बजेट जनताप्रति उत्तरदायी नरहेकाले मन नपरेर रातो किताव च्यातेको उनले बताए ।
उनले सरकारले ल्याएको बजेट र भौतिक मन्त्रालयको बजेट उल्टो बाटोमा हिँडेको आरोप समेत बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्