झापा, असोज १ । अविरल वर्षाका कारण आएको पहिरोका कारण पाँचथरका ६ परिवारका २४ जना विस्थापित भएका छन् ।

हिजो दिउँसो १.३० बजे पाँचथर फालेलुङ गाउँपालिका ३ पाङलेपामा पहिरो झरेर र जमिन भासिन गई ४० वर्षीय जीवन केरुङको ४ जना,३५ वर्षीय लोकेन्द्र केरुङको ५ जना,३२ वर्षीय दिलकुमार केरुङको ४ जना,४२ वर्षीय खड्गप्रसाद केरुङको २ जना ,२८ वर्षीय बिरेन्द्र राईको ६ जना र ३२ वर्षीय राजकुमार केरुङको ३ जनाको परिवार विस्थापित बनेको हो ।

बिस्थापित घरपरिवारहरु बिरेन्द्र राईको खेतबारीमा पाल टाँगेर बसेका छन् । प्रहरी चौकी थोक्लिम्बाबाट प्रहरी टोली गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्