झापा, असोज १६ । झापाको बिर्तामोड ६ बुट्टावारीस्थित पूर्वपश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा दर्जनौं यात्रु घाइते भएका छन् ।

केहीवेर अघि पश्चिमबाट काँकडभिट्टातर्फ जाँदै गरेको सगरमाथा यातायातको प्रदेश १–०१–००१ ख४४५९ नं को बस अनियन्त्रित भएर पल्टिएको हो । घाइतेहरुलाई उद्धार गरी अस्पतालतर्फ पठाउँदै गरेको घटनास्थलमा खटिएका ट्राफिक प्रहरीले बताएका छन् । घाइतेहरुको संख्या यकिन भइसकेको छैन ।



