झापा, असोज १९ । कन्काई नदीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

आज बिहान ११ः५० बजे कन्काई –४ कोटीहोमस्थित कनकाई नदीको बिच भागको डिलमा बर्ष अन्दाजी ६०–६५का पहाडी मुलकको जस्तो देखिने तत्काल नामथर वतन नखुलेका पुरुष घोप्टो परी मृत अबस्थामा फेला परेका हुन् । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक रुपेश राईको कमाण्डमा टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्