झापा, असोज २१ । दुई दिनअघि झापाको कन्काई –४ कोटीहोमस्थित कनकाई माई खोलाको बिच भागमा मृत फेला परेका इलामका ५५ वर्षीय गजुरमान तामाङ आफ्नै घरबाट बगेको खुल्न आएको छ ।

असोज १८ गते राति परेको अविरल वर्षाका कारण माई खोलामा आएको बाढीले इलाम.नगरपालिका– १० गोदक बस्ने तामाङलाई आफ्नै घरबाट बगाई बेपता बनाएको थियो । आफ्नै घरबाट बगाई बेपता भएको खवर पाएपछि भोलिपल्ट बिहानदेखि प्रहरी चौकी तिनघरे इलामका प्रहरी सहायक निरीक्षक रमेशकुमार माझीको कमाण्डमा प्रहरी टोली खटिएर खोजतलास भइरहेको थियो ।

यता भोलिपल्ट बिहान ११ः५० बजे कोटीहोमस्थित कनकाई माई खोलाको बिच भागको डिलमा उनी मृत फेला परेका थिए । झापामा तामाङको शव फेला परेको भोलिपल्ट हिजो मात्र पहिचान खुलेको हो । उनका छोरा दावा तामाङले पहिचान गरेका हुन् । मृतकको शव प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ ।

उता सुनसरीमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । हिजो साँझ ५;५० बजे सुनसरी हरिनगरा १ भुटहा बस्ने नियामुदिन साफीका छोरा ३ वर्षीय फरान साफीको आफ्नै घरको आँगनमा जमेको पानीमा डुबेर मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्