झापा, असोज २१ । अविरल वर्षाका कारण पहिरोबाट प्रभावित इलाम माइजोगमाई गाउँपालिकाका पीडितहरूलाई बिर्तामोडस्थित पाँचतारे होटल किङ्सबरी र सेभेन हर्सेस क्यासिनोले राहत प्रदान गरेका छन्।


उक्त संस्थाहरूका तर्फबाट अत्यावश्यक खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्रीहरू पीडित परिवारका लागि उपलव्ध गराइएको हो। यसका साथै, इच्छुक कर्मचारीहरूले समेत आ–आफ्नो व्यक्तिगत तर्फबाट रकम सङ्कलन गरी राहत सहयोग उपलब्ध गराएका छन्।

राहत वितरण कार्यक्रममा सहभागी कर्मचारीहरूले प्राकृतिक विपद्का बेला एकअर्काप्रतिको सहानुभूति र सहयोगी भावना अझै सुदृढ भएको बताएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्