झापा, असोज २३ । अस्पतालभित्र औषधि कम्पनीका मेडिकल रिप्रेजेन्टेटिभ (एमआर)आए कारबाही गरिने भएको छ ।


बिभिन्न औषधि कम्पनीका एमआरहरुले अस्पतालमा ड्युटीमा रहेका चिकित्सकसँग भेटघाट गर्दा उपचाररत बिरामीहरुलाई असुबिधा पर्न गएपछि उनीहरुलाई आउन रोक लगाइएको हो ।

अस्पताल जस्तो संवेदनशील स्थलको कार्य वातावरणमा समेत नकारात्मक असर पर्ने हुँदा अव उप्रान्त अस्पताल परिसरभित्र बिभिन्न औषधि कम्पनीका व्यापारिक प्रतिनिधिहरुले आफ्नो कम्पनीको व्यवसायिक प्रबर्द्धन सम्बन्धी कार्य नगर्न र नगराउन निजामती कर्मचारी अस्पतालले जनाएको छ ।

अस्पतालले एक सूचना जारी गरी यसअघि सूचना प्रकाशन गरिसकेकोमा हाल पनि सो कार्य भइरहेको बुझिन आएकाले अब यस्ता कार्य भएको पाइएमा नियमानुसार कारवाही हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्