झापा, असोज २४ । १३ वर्षीया नाबालिकालाई जवरजस्ती करणी गरी गर्भवती बनाउने गौरादहका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौरादह नगरपालिका वडा नम्बर ५ कटकपुर बस्ने १८ वर्षीय राघब धमला रहेका छन् । उनले गत चैत २५ गते राति अन्दाजी ११ बजे आफ्नै घर नजिकमा रहेको बाँसघारीमा लगी डर त्रास देखाई नाबालिकालाई जबरजस्ती करणी गरेका थिए । ती नाबालिका गर्भवती रहेकी छन् ।

पीडितकी आमाले इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएपछि धमलालाई हिजो साँझ घरबाटै पक्राउ गरिएको हो । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्