झापा, असोज २८ । बाढीग्रस्त झापा गाउँपालिकाका करिव ५० वटा घर माई खोलाको बाढीले पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

माई खोलाको बाढीले डुबान गर्दा वडा नं १ र २ का त्यति घर भत्किएका हुन् । ती घरहरु बस्न नसक्ने अवस्थामा पुगेका छन् । अन्य घरहरुमा सरसफाई र पुनर्निर्माण गरेर बस्न मिल्ने भएपनि केही घरहरु काम नै नलाग्ने अवस्थामा पुगेको झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले बताए । उनले ती घरहरुलाई पालिकाले बनाइदिन लागेको जानकारी दिए ।

‘ पालिकासंग केही बजेट छ र केही बजेट कोशी प्रदेश सरकारसंग माग्छौं’ उनले भने,‘ ती घरहरु निर्माण गरिदिनै पर्ने छ ।’ झापा गाउँपालिकामा ३४३२ घरधुरी बाढीबाट प्रभावित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्