झापा, कात्तिक ९ । झापाको दमकमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

आज दिउँसो ४ः३० बजे दमक –८ अर्गानिक कृषि भवन छेउ बस्ने रविन खडकाको टिनको छानो , सेन्टर बेरा गरेको दुईतले टाँडे घरको पछाडीको कोठाबाट बिद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट उक्त घर पूर्णरुपले जलेर नष्ट भएको छ भने घरभित्र राखेको सम्पूर्ण सरसामान, लत्ताकपडा , भाँडावर्तन, अन्नपात, काठपात, फर्निचरका सामान, गरगहना जलेको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको क्षति तत्काल यकिन गर्न सकिएको छैन । उक्त आगो स्थानीयबासी, इप्रका दमकबाट खटिएको प्रहरी टोली, उर्लाबारी नगरपालिकाको दमकल, कमल गाउँपालिकाको दमकलको सहयोगमा साँझ ५ः ५० बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।



