झापा, कात्तिक ११ । बङ्गलादेशमा जारी काभा नेसन्स कप भलिबलमा नेपाल पाँचौँ भएको छ ।

६ टोली सहभागी प्रतियोगितामा मङ्गलबार नेपालले माल्दिभ्सलाई ३–१ को सेटमा हरायो । ढाकास्थित इन्डोर हालमा पाँचौँ स्थानका लागि खेलिएको प्ले अफमा नेपालले माल्दिभ्समाथि २९–२७, २५–२०, ३५–३७, २५–१९ का जित निकालेको हो । नेपालले माल्दिभ्सलाई यसअघि पनि ३–० को सेटमा हराएको थियो ।
यसअघि नेपाल सोमबार श्रीलङ्कासँग ३–० को सोझो सेटमा पराजित भएको थियो । यस्तै नेपाल अफगानिस्तानसँग ३–०, तुर्कमेनिस्तानसँग ३–० र बङ्गलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो ।
 
                 
		
 
 


 
  
  
 