झापा, कात्तिक १३ । सीमा सुरक्षाका लागि नेपाल र भारतका सुरक्षाकर्मीहरुले संयुक्त गस्ती गर्न थालेका छन् ।

सीमामा असुरक्षा तथा लागूऔषधको बेचबिखन र ओसारपसार बढेपछि दुवै तर्फबाट संयुक्त गस्ती थालिएको हो ।
हिजो दिउँसो भारत किशनगंज गलगलिया थानामा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतिलाल योन्जन तामाङ ,सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक दयाराम पौडेल,बिहार पुलिसका सव–इन्स्पेक्टर राकेश कुमार, सीमा सुरक्षा बल (एसएसबी) निमिगडी बिहारबाट केतन सालुङ्गेसहितको संयुक्त टोलीले गस्ती गरेको हो ।
गस्तीपछि बैठक बसी बोर्डर सुरक्षा तथा लागूऔषध बेचबिखन र ओसारपसार सम्बन्धी छलफल भएको जनाइएको छ ।

त्यस्तै हिजो बिहान प्रहरी चौकी मेचीपारीबाट प्रहरी सहायक निरीक्षक आमासुलाल राजवंशी,सशस्त्र प्रहरी बल बाहिनी २न. गणबाट सशस्त्र प्रहरी नायव निरीक्षक मोतिलाल कर्मचार्य, सीमा सुरक्षाबल (एसएसबी) निमिगडी बिहारबाट सब–इन्स्पेक्टर वैजनाथ सरकटासहितको १४जनाको संयुक्त गस्ती टोलीले भद्रपुर ३मा रहेको सिमानाकाको वस्तुस्थितिबारे जानकारी लिएको थियो ।




