झापा, मंसिर २५ । चार दिनअघि भारतको गोवा आगलागीमा परी मृत्यु भएका दुई झापाली युवाको शव घर ल्याइएको छ ।

हिजो दिउँसो २ बजे भद्रपुर वडा न.५ स्थित मेची पुल हुँदै भारत गोवाको नाइट क्लबमा आगलागी हँुदा मृत्यु भएका भद्रपुर ३ गोलेचोक बस्ने २० वर्षीय सबिन वि.क. र कचनकवल २ बालुबारी बस्ने २१ वर्षीय सुदिप गुरुङको शव ल्याइएको हो ।

दुबै जनाको डब्लुबी ३७५ एएफ३१५२ नम्बरको भारतीय एम्बुलेन्सद्वारा उनीहरुको आफन्तले शव अन्त्येष्टिको लागि बुझेर नेपाल ल्याएको झापा प्रहरीले जनाएको छ । सुदिपको अन्त्येष्टि हिजै गरिएको र सविनको आज गरिने आफन्तले जनाएका छन् ।

गत शनिवार मध्यरातमा गोवाको एक व्यस्त नाइट क्लबमा भएको आगलागीमा परी ती दुई झापाली युवाको मृत्यु भएको हो ।सुदीप होटेल मेनेजमेन्ट अध्ययनका लागि तिहारपछि गोवा गएका थिए ।

सविन केही वर्ष अघिदेखि सो नाइट क्लबमा सेफको रूपमा कार्यरत रहेको बुझिएको छ । सो घटनामा चार नेपालीसहित २५ जनाको मृत्यु भएको थियो । मृत्यु हुने अन्य दुई नेपालीको नाम र वतन खुल्न सकेको छैन।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्