झापा, मंसिर २५ । आगोले पोलेर झापा दमककी एक महिला घाइते भएकी छन् ।

हिजो दिउँसो ४ः३० बजे दमक –९ झरनाटोल बस्ने मारपिन परियारकी श्रीमती ३५ वर्षीया तारा थरिया परियारले आफ्नै घरको आँगनमा आगो बाली आगो ताप्ने क्रममा हुत्तिएर आगोमा लडेकी थिइन् ।
शरीरको विभिन्न भागमा आगोले पोली घाइते भएकी तारालाई उपचारको लागि दमक अस्पताल दमकमा लगिएको छ । उनको अवस्था बोल्न सक्ने मध्यम रहेको प्रहरीले जनाएको छ ।



