झापा, ३ वैशाख । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड १९ बाट संक्रमित हुनेको संख्या २० लाखनजिक पुगेको छ ।

विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्ड मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म कोरोना संक्रमितको संख्या १९ लाख ९८ हजार १११ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र मात्रै ७३ हजार बढी नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये ४ लाख ७८ हजार ६५८ जना भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले १३ लाख ९२ हजार ५६६ जनामा भने कोरोना सक्रिय रहेको छ । तीमध्ये ५१ हजार ६०० जनाको अवस्था भने गम्भीर रहेको छ । अहिलेसम्म विश्वभर कोरोना भाइरसका कारण १ लाख २६ हजार ६०० जनाले ज्यान गुमाएका छन् ।

कोरोनाको उद्गमस्थल चीन भएपनि सबैभन्दा बढी अमेरिकामा कोरोनाको संक्रमण भएको छ । अहिलेसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख १३ हजार बढी रहेको छ । मंगलबार मात्रै अमेरिकामा २७ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३८ हजार ८२० जना भने पूर्णरूपमा निको भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्