झापा , वैशाख ३ । प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले पाउने बजेट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राख्न संसद्मा सहमति जुटेको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसदहरुले पाउने रकम कोरोना कोषमा राख्न सहमति जुटेको हो ।
बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुका प्रमुख सचेतक, सचेतक, सभामुख, संघीय संसद्का कार्यवाहक महासचिव, सचिव लगायतको उपस्थिति थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको चालु आर्थिक वर्षको खर्च हुन बाँकी रकम र आगामी आर्थिक वर्ष २०७७र०७८ को रकम कोरोना कोषमा राख्नेबारे सहमति भएको जानकारी सरकारलाई गराउनेछन् ।

प्रतिनिधिसभामा निर्वाचित १ सय ६५ जनालाई चालु आर्थिक वर्षमा ६ करोडको दरले छुट्याइएको थियो । यो रकम करिब १० अर्ब हुन्छ ।

कोभिड १९ को जोखिम बढ्दै गएपछि सांसद विकास कोषको उक्त रकम कोरोना कोषमा राख्नु पर्ने आवाज उठ्दै आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्