बिर्तामोड , बैशाख ३ । बिर्तामोड क्षेत्र आज दिनभर बिद्युतबिहीन बन्यो ।

बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म बिद्युत् नभएको हो । गरामनी क्षेत्रको फिटरमा समस्या आएपछि बिद्युत अबरुद्ध भएको नेपाल बिद्युत् प्राधिकरण बिर्तामोडले जनाएको छ ।

गरामनी फिटरमा फल्ट आएपछि समस्या आएको प्राधिकरणका कार्यालय प्रमुख विरेन्द्रकुमार झाले बताए । बिधुत् नहुँदा लकडाउनमा रहेका आम नागरिकहरुलाई विश्वब्यापी महामारी कोरोनाको बढ्दो प्रभावबारे सञ्चार माध्यमबाट जानकारी लिन समस्या परेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्