झापा, वैशाख १३ । मुलुकमा कोरोना संक्रमण देखिएको आज तीन महिना तीन दिन भएको छ । यो अवधिमा १२ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

मुलुकमा सबैभन्दा पहिला माघ १० गते काठमाडौँमा एक युवामा कोरोना पुष्टि भएको थियोे । उनी चीनबाट आएका व्यक्ति थिए । तर, त्यसबेला कोरोना देखिएको कुरा चर्चामा नै आएन, गुमनाम जस्तै बनाइयो । उनी निको भएर घर फर्किसकेका छन् ।
शुक्रबारसम्ममा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । शुक्रबार झापा दमक नगरपालिका— ३ ढुकुरपानी क्षेत्रका ६२ वर्षिय पुरुषमा कोरोना पुष्टि भएअसँगै प्रदेश — १ मा संक्रमितको संख्या ३० पुगेको छ । प्रदेश — १ कोरोना संक्रमणको “ इपिसेन्टर“ नै बनेको छ । उदयपुरको भुल्केमा २८, भोजपुरमा १ र दमकमा १ जना संक्रमित भेटिनुले प्रदेश — १ संक्रमणका दृष्टिले “हटस्पट“ मा रुपान्तरण भएको नियन्त्रण तथा रोकथाममा अहोरात्र खटेकाहरुको बुझाइ छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार प्रदेश — १ मा ३० जना, वाग्मती प्रदेशको काठमाडौंमा ४ र चितवनमा २ गरी ६ जनामा संक्रमण देखिएको छ । त्यसैगरी प्रदेश — २ र प्रदेश ७ मा समान ५ र ५ जना र प्रदेश ( ५ मा २ जनामा संक्रमण देखिएको हो । प्रदेश — २ को पर्सामा ३, धनुषा र रौतहटमा एक र एक जना, प्रदेश ७ को कैलालीमा ४ र कंचनपुरमा एक जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश ५ को बागलुङ मा २ जना र प्रदेश ४ को कास्कीमा एक जनामा संक्रमण देखिएको छ ।
सौभाग्यवश अहिलेसम्म प्रदेश ६ मा कसैमा पनि संक्रमण देखिएको छैन । संक्रमित १२ जना उपचार पछि निको भएर घर फर्किएका छन् । १२ जना निको भएर घर फर्किनु र उपचार गराइरहेकाहरुको स्वास्थ्य अवस्था सामान्य हुनुले नेपालीको आत्मबल दह्रो र रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता उच्च भएको मान्नु पर्ने विज्ञको मत छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्