झापा, वैशाख १४ । अहिलेसम्म झापामा शंकास्पद ७९४ जनाको कोरोना परीक्षण गरिएको छ ।

यो द्रुत गति परीक्षण विधिबाट गरिएको संख्या हो । कोरोना रोकथाम तथा मुल्यांकन समिति झापाका सचिव जीवन चौलागाईंले दिएको जानकारी अनुसार १०८ जनाको स्वाब, ७६१ जनाको आरडीटी , १०८ जनाको पीसीआर , ७५ जनाको आरडीटी र पीसीआर दुवै परीक्षण गरिएको छ । चार जनाको आरडीटी रिपोर्ट पोजिटिभ आएको उनले बताए । ७५७ जनाको आरडीटी नेगेटिभ आएको छ ।

चौलागाईंका अनुसार १०० जनाको पीसीआर नेगेटिभ आएको छ । सात जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन समेत रहेका चौलागाईंले जिल्लामा अहिले २०३ जना क्वारेन्टाइनमा रहेका छन् । २८७ जना क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् । होम क्वारेन्टाइनमा एक हजार ४६ जना रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्