कमल , वैशाख १४ । गिरिजाप्रसाद कोइराला फाउण्डेसन झापाले कमल गाउँपालिकाका विभिन्न वडामा राहत हस्तान्तरण गरेको छ ।

कमल गाउँपालिकाको ५,६ र ७ नम्बर वडामा १५—१५ कार्टुनका दरले ४५ कार्टुन चाउचाउ राहत उपलब्ध गराएको हो । फाउन्डेसनले यसअघि सोही गाउँपालिकाको १ नम्बर वडामा १२ क्वीन्टल चामल ,७५ केजी दाल र ७५ केजी नुन उपलब्ध गराएको थियो । फाउन्डेसन झापाका जिल्ला संयोजक बुद्धिराज न्यौपाने , संस्थाका सचिव महेन्द्र भट्टराई , प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व सेनानी पुर्णानन्द शर्मा,प्रजातान्त्रिक सेनानी संघ केन्द्रीय पार्षद ऋषिकेश सुवेदी , नेपाल महिला संघ कमल गाउँपालिका सहसंयोजक बुद्धिमाया शिवाकोटी, नेपाली काँग्रेस जिल्ला सदस्य ढलकराज पन्त लगायतले उक्त राहत सामग्री सम्बन्धित वडाअन्तरगतले कमल— ५ का नेका वडा सचिव मोहन पौडेल , ६ का प्रमोद दाहाल, क्षेत्रीय प्रतिनिधि नैनकला सेडाईंमार्फत राहत सामग्री हस्तान्तरण गरेको जनाइएको छ ।

संस्थाले जिल्लाका विभिन्न स्थानीय निकायमा राहत सामग्री हस्तान्तरण गर्दै आएको संयोजक न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्