झापा,१५ बैशाख । कोरोना भाइरस संक्रमणका कारण नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या ४९ पुगेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए ) कोभिड नाइन्टिन सम्बन्धी उच्चस्तरीय समितिले मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ४९ पुगेको जानकारी दिएको हो ।एनआरएनले बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कि १ र नेदरल्याण्डमा १ जनाको कोरोनाका कारण मृत्यु भएको जनाएको छ । करिब २ हजार गैरआवासीय नेपाली संक्रमित भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माका अनुसार कोरोनाविरुद्ध लड्न ४१ देशमा १ सय ५० भन्दा बढी शहरमा ९ सयभन्दा बढी स्वयम्सेवक राहतका लागि खटिएका छन् । २४ हजार भन्दाबढी गैरआवासीय नेपालीले राहत सामग्री प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्