झापा, बैशाख १७ । सरकारका पछिल्ला कदमप्रति प्रमुख प्रतिपक्ष कांग्रेस आक्रामक देखिएको छ । स्वास्थ्य सामग्री खरिदमा भएको घोटालादेखि अध्यादेश प्रकरणसम्म आईपुग्दा सरकारले बैधता गुमाएको भन्दै कांग्रेस केन्द्रीय सदस्यहरुले सरकारप्रति आफ्नै पार्टीको नेतृत्वसमेत लचक बनेकोमा असन्तुष्टि जनाएका छन् ।

बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य रामशरण महत, महेश आचार्य, गगन थापा, प्रदीप पौडेलललगायतले सकारको कडा आलोचना गरेका थिए । उनीहरुले पछिल्ला घट्नाक्रममा राष्ट्रतिको भूमिकासमेत निष्पक्ष र संवैधानिक मर्यादाभित्र नभएको बताएका छन् । सरकारका गलत कदमलाई आक्रामक ढंगले अघि बढाउन नेतृत्वलाई केन्द्रीय सदस्यहरुले दबावसमेत दिएका थिए ।

बरिष्ठ नेता रामचन्द्र पौडेलले कोेरोना महामारीको नियन्त्रणका दिशामा सम्पूर्ण शक्ति एकिकृत गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने दिशामा लागेको भन्दै आपत्ति जनाए । उनले पार्टी तोड्न सांसद अपहरण गर्ने बाहुवलीहरु खटाउने र लकडाउनमा जनकपुरको गाउँमा बसिरहेको सांसदलाई आश र त्रास देखाउँदै काठमाडौं ल्याउने कार्य गर्नु रक्षक नै भक्षक बनेको हो कि होइन ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्