झापा,बैशाख १८ । बलिवुड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

अभिनेता कपूरको मुम्बइको एचएन रिलायन्स हस्पिटलमा निधन भएको उनका दाजु रणधीर कपूरले पुष्टि गरेका छन् ।हिजो स्वास्थ्य बिग्रिएपछि उनलाई हस्पिटल लगिएको थियो । कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो। अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

ऋषि कूपर दिग्गज अभिनेता राज कपूरका छोरा थिए । उनको फिल्मी करियरको शुरुवात १९७३ मा बबी फिल्मबाट सुरु भएको थियो। त्यसपछि अभिनेता कपुरले ४ सय भन्दा बढी फिल्ममा काम गरेका थिए। भारतीय फिल्म उद्योगमा विगत दुई दिनयता धेरै ठूलो धक्का लागेको छ । हिजो मात्रै अर्का अभिनेता इरफान खानको निधन भएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्