दमक, बैशाख २१ । प्रतिनिधिसभाका सदस्य महेन्द्रकुमारी लिम्बूले झापा,क्षेत्र नम्बर ५ का चारवटा पालिकाको कोरोना भाइरस रोकथाम,नियन्त्रण तथा राहत कोषमा १ लाख रुपैयाँ सहयोग दिएकी छन् ।

सहयोग हस्तान्तरण गर्दै सांसद लिम्बू

सांसद लिम्बूले आफ्नो व्यक्तिगत ढंगले दमकसहित गौरादह नगरपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाको राहत कोषमा त्यतिका नगद राहत सहयोग दिएकी हुन् ।
कोरोना भाइरस नियन्त्रणका लागि गरिएको बन्दबन्दीका कारण विपन्न समुदाय मर्कामा परेकाले पालिकामार्फत लक्षित समुदायलाई राहत पुर्याउन आफूले स्वेच्छिक सहयोग गरेको उनले बताईन् ।

उनले दमकबाहेक सवै पालिकाको कार्यालयमा पुगेर कोरोना भाइरस नियन्त्रणका लागि पालिकाले सञ्चालन गर्दै आएको गतिविधिका बारेमा जानकारी लिनुका साथै नगद सहयोग हस्तान्तरण गरिन् ।
उनका अनुसार दमकमा १० हजार, गौरादहमा २५ हजार,कमललाई २५ हजार र गौरीगञ्जलाई २५ हजार रुपैयाँ सहयोग गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्