झापा, बैशाख २१ । सरकारले संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठक

आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बर्खे अधिवेशनमा सरकारले वार्षिक नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेछ र त्यसमाथि संसदमा छलफल हुनेछ ।

जेठ १५ मा बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधान भएकोले सरकाले अधिवेशन बोलाएको हो । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सामाजिक दुरी कायम गर्ने गरी संसदको बैठक कक्षको व्यवस्थापन गरिएको छ । प्रधानमन्त्री ओलीले गत बुधबार संसद भवन पुगेर बैठक कक्ष अवलोकन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्