झापा, बैशाख २१ । मोरङका उद्योगीहरुले लकडाउनका कारण उद्योग ब्यवसाय संचालनमा आउन नसकेकाले काम नभएको अवधिको पारिश्रमिक कर्मचारी र मजदुरहरुलाई भुक्तानी गर्न नसकिने स्पष्ट पारेका छन् ।

भेलापछि आयोजित पत्रकार सम्मेलन

आज विराटनगरमा भएको उद्योगीहरुको भेलाले लकडाउनका कारण उद्योग÷व्यवसाय संचालनमा आउन नसकेकाले काम नभएको अवधिको पारिश्रमिक भुक्तानी गर्न न्यायोचित नहुने एवम व्यवहारिकरुपमा पनि भुक्तानी गर्न नसकिने जानकारी सरकारलाई गराउने निर्णय गरेको हो ।

भेलापछि उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले एक संयुक्त विज्ञप्ति जारी गरी उद्योगव्यवसाय वन्द भएको अवधिदेखि कम्तीमा ३ वर्ष अवधिको लागि हाल कायम रहेको व्याजदरमा कम्तीमा ५ प्रतिशतले घटाई उद्योगव्यवसाय क्षेत्रमा ऋण प्रवाह गर्ने व्यवस्था मिलाउन नेपाल राष्ट्र वैंकसमक्ष माग गर्ने निर्णय गरिएको जनाएका छन् । विज्ञप्तिमा नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालको भनाई उद्धृत गर्दै ‘व्यवसायी नाफा लुकाउने भएकाले व्याज छुट दिनु हुन्न’ भनेर विभिन्न संचारमाध्यमहरुमा आइरहेको समाचारप्रति आपत्ति जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्