दमक, बैशाख २२ । दमकका विभिन्न लायन्स क्लबहरुले सयभन्दा बढी विपन्न परिवारलाई खाद्यान्न बाँडेका छन् ।

राहत वितरण गरिदै

सामाजिक गतिबिधिमा क्रियाशील सातवटा लायन्स क्लबहरुले दमकका एक सय परिवारलाई एकैसाथ खाद्यान्न राहत बितरण गरेका हुन् । कोरोना भाइरस संक्रमण हुन नदिन गरिएको वन्दाबन्दीका कारण दैनिक ज्यालादारी गर्दै आएका परिवार मर्कामा परेको भन्दै ती क्लवहरुले वडा कार्यालयको समन्वयमा लक्षित परिवारलाई चामल, तेल, दाल लगायतका खाद्यान्न बितरण गरेको लायन्स क्लब अफ इस्टर्न लाइनका अध्यक्ष तुलसी राम तिम्सिनाले बताए ।

यसरी राहत वितरण गर्ने क्लवहरुमा लायन्स क्लब अफ युनाइटेड, लायन्स क्लब अफ इस्टर्न लाइन, लायन्स क्लब अफ दमक स्वीट सिटी, लायन्स क्लब अफ दमक सेविका, लायन्स क्लब अफ दमक श्री अन्तु, लायन्स क्लब अफ दमक माउन्ट एभरेष्ट, लायन्स क्लब अफ लखनपुर रहेका छन् ।
ती क्लबहरुले दमक १ का ७, वडा नं २ का २५ , वडा नं ३ का २८ र दमक वडा नं ९ का ४० परिवारलाई करिब ८५ हजार मूल्य बराबरको राहत सामग्री बितरण गरेका थिए । कार्यक्रम लायन्सका द्वितीय भाइस डिस्ट्रिक गभर्नर रेवत कार्कीको प्रमुख आतिथ्यमा भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्