दमक, बैशाख २२ ।बन्दाबन्दीका समयमा जनताको सेवामा अहोरात्र खटिएर समाजलाई योगदान पुर्याएको भन्दै लायन्स क्लवले विभिन्न क्षेत्रका छ जना व्यक्तित्वलाई सम्मान गरेको छ ।

फाइल फोटो

विपद्को समयमा अहोरात्र खटेर सेवा पुर्याएको भन्दै क्लबले दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सदस्य बिमल शर्मा ,इलाका प्रहरी कार्यालयका प्रमुख विजयराज पण्डित, औद्योगिक सुरक्षा गुल्म लखनपुरका प्रमुख अशोक शाक्य, दमक ट्राफिकका प्रमुख यज्ञराज शर्मा र दमक अस्पतालकी एम्बुलेन्स चालिका लिला बस्ताकोटीलाई सम्मान गरेको हो ।

क्लबले चालिका बस्ताकोटीलाई भने नगद,दोसल्ला र प्रशंसापत्र तथा अन्यलाई दोसल्लासहित प्रशंसापत्रले सम्मान गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्