दमक,बैशाख २२ । झापाको कमल गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालय भवन रु ७० लाखको लागतमा निर्माण सम्पन्न भएको छ ।

नवनिर्मित भवन

जिल्ला समन्वय समितिको ४५ लाख र प्रदेश सरकारको २५ लाख रुपैयाँको वजेटबाट दुईतले भवन निर्माण भएको वडाध्यक्ष पृथ्वीपति राईले बताए ।
नवनिर्मित भवनमा प्रशासनिक हल ,बैठक कक्षसहित आवश्यक संरचना निर्माण गरिएको उनले बताए । आउँदो जेठ भित्रमा नवनिर्मित कार्यालय भवन सञ्चालनमा ल्याउने तयारी भईरहेको वडाध्यक्ष राईले जानकारी दिए ।भवन बनाउन कमल ७ रंगपुरका गोविन्द चम्लागाईसहितका परिवारले करिव २५ लाख मूल्य पर्ने ५ कठ्ठा जमिन निःशुल्क उपलव्ध गराएका थिए ।

भवन निर्माण गर्न टेकेन्द्र श्रेष्ठको अध्यक्षतामा भवन निर्माण उपभोक्ता समिति गठन गरी गत जेठदेखि निर्माण कार्य शुरु गरिएको थियो । उपभोक्ता समितिमार्फत निर्माण भएको सो भवनमा रङ्गरोगनको काम सम्पन्न भईसकेको छ भने घेरावेरासहित चमेना गृह, कम्प्यूटर कक्ष र पार्किङ्ग स्थल वनाउने कार्य समेत अन्तिम चरणमा पुगेको श्रेष्ठले बताएका छन् ।कमलका ७ वटा वडामध्ये सो वडा भवनको निर्माण कार्य पहिलो भएको गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् । उनले ७ वटै वडाको आप्mनै भवन बनाउन गाउँपालिकाले प्राथमिकताका साथ काम गर्दै आएको समेत जानकारी दिइन् । हाल कमल ७ को वडा कार्यालय साविक लखनपुर गाउँ विकास समितिको कार्यालयमा सञ्चालन हुँदै आएको छ । वडाको आफ्नै भवन नहँुदा दैनिक कार्य सञ्चालनमा समस्या भोग्नुपरेको वडाध्यक्ष राईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्