झापा,बैशाख २७ । उदयपुर, कपिलवस्तु र पर्सामा गरी थप ७ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा थप सातमा कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुर भुल्केका १८,४५ र ६५ वर्षका महिला,कपिलवस्तुका २ जना १८ र एक जना १७ वर्षका तथा पर्सा छपकैयाका ६२ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्