झापा, वैशाख ३१ । नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिले बढिरहेको भन्दै सरकारले बन्दाबन्दी कडा गर्ने निर्देशन जारी गरेपनि झापा सदरमुकाम चन्द्रगढी भद्रपुरमा भीडभाड बढ्न थालेको छ ।

बन्दाबन्दी कडा गरेर जनता बचाउँछु भन्ने ध्याउन्नमा सरकार लागेको भएपनि मातहतका निकायले निर्देशन पालना गर्न नसकेपछि सदरमुकाम चन्द्रगढी भद्रपुरमा भीडभाड बढ्न थालेको हो ।
हरेक दिन बिहान ११ वजेसम्म चन्द्रगढी भद्रपुरका अधिकांस चोक, बजार क्षेत्र र सडक किनारामा किनमेलको बहानामा सामान्य अवस्थाको भन्दा भीड बढ्ने गरेको भए पनि सडकमा खटाइएका प्रहरीले नियन्त्रण गर्न सकेका छैनन् ।

न्यूनतम सुरक्षाको मापदण्डसमेत पालना नगरी अनावश्यक भीडले कोरोना संक्रमणको त्रास बढाएको छ । हुन त, बजार क्षेत्र तथा चोक चोकका गल्लीमा प्रहरी परिचालन भएको पनि देखिने गरेको छ । तर पनि अनावश्यक भीड रोकिन सकेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्