आइतबार बिहानदेखि बुधबार दिउँसोसम्म झापाका विभिन्न ठाउँमा देखिएका दृश्य । लकडाउनका बेला झापामा किसानले के गरिरहेका छन् भनेर नियाल्ने उद्देश्य राखेर अवलोकनका क्रममा यी तस्वीर लिइएको हो । यी तस्वीरले किसानलाई आत्मनिर्भर बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
१) झापा गौरादह नगरपालिका —९ चाँदनी चोककी पवित्रा गुरागाईंले तरकारी पकाउन तयार पारेको फर्सीको फूल ।

२) झापा गौरादह नगरपालिका —९ पट्टु टोलकी सुनी सन्थाल जनलगाएर धान गोड्दै

३) झापा बैगुनधुरा झमकचोकका कविराज गौतमको बारीमा लटरम्म फलेको आँप

४) झापा कमल गाउँपालिका — १ सोलमारीका शान्तिराम गौतमको बारीमा फलेको मकै । घोगा माथिको भाग काटेर राखिएको अवस्थामा

५) झापा शिवसताक्षी नगरपालिका —६ को शिवगञ्ज बजार नजिक मोडमा बेच्न राखिएको खरबुजा । माइको बगरमा फलाएको खरबुजा २५ रुपैयाँदेखि १०० रुपैयाँसम्ममा बिक्री गरिने गरेको छ ।

६) झापा कमल गाउँपालिका —१ रतनचौनका पुण्य र मनु भट्टराईको कुखुरा फर्म । फर्ममा हजार बढी लोकल जातका कुखुरा छन् । उनीहरुले दमकमा चल्तीको फेन्सी पसल छाडेर कुखुरा पालन सुरु गरेका हुन् ।

८) खाना पकाउनका लागि सिक्रा ( झिजा) बोकेर घरतर्फ लादै किसान । उनीहरुले फुर्सदको बेला दाउराको जोहो गरेका हुन्

(तस्वीर— राजेन्द्र गौतम, प्रतिदिन )

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्