दमक, जेठ ४। दमकको खानेपानी तथा सरसफाई उपभोक्ता संस्था २५ बर्ष पुगेको उपलक्ष्यमा आज रजत स्तम्भको अनावरण गरिएको छ ।

संस्थाको कार्यालय परिसरमा निर्माण गरिएको रजत स्तम्भका एक कार्यक्रमकाबीच दमक नगर प्रमुख रोमनाथ ओलीले अनावरण गरे ।
खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकका अध्यक्ष रोशन कुमार गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख ओलीले खानेपानी संस्थाले उपभोक्तालाई बोतलमा शुद्ध पिउने पानी वितरण गर्ने तर्पm पनि छलफल गर्नु पर्ने बताए ।

निजी क्षेत्रसंगको सहकार्यमा संस्थाले बोतलको पानी उत्पादन गरी सस्तो मुल्यमा बिक्री गर्न सक्ने भन्दै यस कार्यको लागि नगरपालिकाले सहयोग गर्ने भएकोले उचित प्रस्ताव लिएर आउन आग्रह गरे । संस्थाका उपाध्यक्ष तथा रजत स्तम्भ निर्माण समिति संयोजक मीना कोईरालाले ५ लाख ५५ हजार ५ सय रुपैयाँको लागतमा रजत स्तम्भ तयार गरिएको जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्