झापा, जेठ ५ । थप ९ जनामा कोरोना भाइरस रोगको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका ७ पुरुष र एक महिला तथा बाराका एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । योसंगै नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्