बिर्तामोड,जेठ ६ । बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण राहत कोषका लागि राहत संकलन जारी रहेको छ । जसअन्तरगत बिर्तामोडस्थित ग्लोबल आइएमइ बैकले एक हजार केजी चामल प्रदान गरेको छ ।

सो चामल बैकका प्रबन्धक पवनकुमार पौड्यालले नगर प्रमुख ध्रुबकुमार शिबाकोटीलाई खाद्यान्न सहयोग हस्तान्तरण गरे । ४६ हजार मुल्य बराबरको चामल बिर्तामोडका गरिब तथा बिपन्न समुदायका लागि हस्तान्तरण गरिएको पौडेलले बताए ।
बिर्तामोड नगरपालिकामा स्थापना भएको कोरोना संक्रमण राहत कोषमा हालसम्ममा १ करोड २४ लाखभन्दा बढी रकम तथा खाद्यान्न सामग्री जम्मा भइसकेको छ भने दोस्रो चरणको राहत बितरण भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्